सहरी विकासमा एडीबीले १५ अर्ब ऋण सहयोग गर्ने, बोर्डद्धारा पारित

<p>काठमाडौं । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले नेपालको सहरी पुर्वाधार विकासका लागि १५ अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर ऋण दिने भएको छ । एडीबीको सञ्चालक समिति बैठकले नेपालका विभिन्न ८ नगरपालिकाका अतिरिक्त ७ वटै प्रदेशका लागि सहरी सेवा र पुर्वाधारमा लगानी गर्नका लागि सो ऋण स्वीकृति गरेको हो । यसबाट १ करोड [&hellip;]</p>

काठमाडौं । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले नेपालको सहरी पुर्वाधार विकासका लागि १५ अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर ऋण दिने भएको छ ।

एडीबीको सञ्चालक समिति बैठकले नेपालका विभिन्न ८ नगरपालिकाका अतिरिक्त ७ वटै प्रदेशका लागि सहरी सेवा र पुर्वाधारमा लगानी गर्नका लागि सो ऋण स्वीकृति गरेको हो । यसबाट १ करोड ५० लाख जनसंख्याले लाभ पाउने एडीबीले जनाएको छ ।

सन् १९७० यता नेपालको सहरी क्षेत्रको विकास औसत ६ प्रतिशत बढेको तर अपर्याप्त पुर्वाधार, संस्थागत कमजोरी, सञ्चालन र मर्मतमा हेलचेक्राइ जस्ता कारणले नेपालको सहरी क्षेत्र पछाडी परेको ठहर एडीबीको छ ।

सहरी पुर्वाधार विकासमा हालको लगानी दोब्बर बढाउनु पर्ने एडीबीको ठहर छ । आउदो सन् २०३० सम्म सहरी पुर्वाधारमा थप २५ खर्ब रुपैयाँ अर्थात साढे २४ अर्ब डलर लाग्ने एडीबीले जनाएको छ ।

 

Share News