प्रधानमन्त्री भ्रमणमा भाग लिन एफएनसिसिआई भारत प्रस्थान, भारतीय लगानी विस्तारका लागि पहल गरिने

<p>काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) आज भारत प्रस्थान गरेको छ । सो अवसरमा महासंघका तर्फबाट द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि पहल समेत गर्ने महासंघले जनाएको छ । राजकीय भ्रमणमा सहभागी हुन महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डल भारत गएको [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) आज भारत प्रस्थान गरेको छ । सो अवसरमा महासंघका तर्फबाट द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि पहल समेत गर्ने महासंघले जनाएको छ ।

राजकीय भ्रमणमा सहभागी हुन महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डल भारत गएको हो ।प्रधानमन्त्रीका साथ भारत जाने महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतका व्यवसायीको सहभागीता छ।

प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरूमा सहभागी हुनुको साथै महासंघ आफ्ना समकक्षी भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ र एसोचेम लगायतका व्यसायिक संघ÷संस्थाहरूले संयुक्त रुपमा आयोजना गर्ने व्यवसायिक कार्यक्रममा सरिक हुनेछ । कार्यक्रमलाई महासंघका अध्यक्ष राणाबाट संवोधन गर्नेछन् ।

त्यसैगरी भ्रमणको क्रममा महासंघको प्रतिनिधिमण्डलले वाणिज्य मन्त्री निर्मला सितारमण, उर्जा मन्त्रालय, पर्यटन मन्त्रालय र भारतीय उद्योग परिसंघ अध्यक्ष सहित पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै नेपाली राजदूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछ । महासंघको प्रतिनिधिमण्डलमा बैंकिङ, खानीजन्य, यातायात, ऊर्जा, निर्माण, कृषि, तयारी पोशाक, पर्यटन, शिक्षा स्वास्थ्यअटोमोवाइल, हस्तकला, उत्पादनमूलक क्षेत्रको प्रतिनिधित्व रहेको छ । महासंघको प्रतिनिधिमण्डल शुक्रवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

 

 

Share News