प्रहरी र पुननिर्माण प्राधिकरणले ५ हजारलाई जागिर दिने, मंगलबारदेखि भर्ना खुल्यो

<p>काठमाडौं । सरकारी निकायले एकैदिन झण्डै ५ हजार जनालाई रोजगारी दिन भर्ना खुला गरेका छन् । दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रहरी जवानदेखि प्रहरी निरीक्षक सम्मका लागि ३ हजार ७०९ र राष्ट्रिय पुननिर्माण प्राधिकरणले इन्जिनियर, सवओभरसियर गरी १ हजार १०१ प्राविधिक गरी ४ हजार ८१० जनालाई रोजगारी दिने भर्ना खुला गरेका [&hellip;]</p>

काठमाडौं । सरकारी निकायले एकैदिन झण्डै ५ हजार जनालाई रोजगारी दिन भर्ना खुला गरेका छन् ।

दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रहरी जवानदेखि प्रहरी निरीक्षक सम्मका लागि ३ हजार ७०९ र राष्ट्रिय पुननिर्माण प्राधिकरणले इन्जिनियर, सवओभरसियर गरी १ हजार १०१ प्राविधिक गरी ४ हजार ८१० जनालाई रोजगारी दिने भर्ना खुला गरेका हुन् ।

सशस्त्र प्रहरीले विभिन्न तहका लागि २ हजार ५ सय र जनपद प्रहरीले १ हजार २०९ जना मागेका हुन । सशस्त्रले खुला, समावेशी, अमर र अशक्त प्रहरीका परिवारलाई समेत गरी कुल २ हजार ३ सय जवान मागेको छ । यस्तै सशस्त्र प्रहरी परिचर अर्थात भान्छेमा १०५, कपाल काट्ने २५, सूचिकार १५, चर्मकर्मी २० र कुचिकार ३५ जना मागेको छ । सशस्त्रमा दरखास्त बुझाउने अन्तिम मिति भदौ २८ गते कार्यालय समयसम्म तोकिएको छ ।

नेपाल प्रहरीले प्रहरी ९१ जना प्रहरी निरीक्षक, ३१४ जना सहायक प्रहरी निरीक्षक र ७६७ जना जवानका लागि नयाँ भर्ना खुला गरेको छ । यस्तै प्राविधिकतर्फ ९७ जना मागेको छ । दरखास्त फारम भदौ ५ देखि असोज २ गतेसम्म लिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लामा भवन र अन्य संरचनाको पुननिर्माणको काम गर्न प्राधिकरणले करारमा इन्जिनियर मागेको हो । राजपत्र अंकित तृतिय श्रेणीका लागि सिभिल इन्जिनियर वा विल्डिङ एन्ड आर्कटेक्टमा स्नातक तह उत्तिर्ण गरेका ३७२, सव–इन्जिनियर प्रविणता प्रमाणतह उतिर्ण गरेका ३९१ र सिभिल इन्जिनियरिङ विषयमा प्राविधिक वा एसएलसी सरह उतिर्ण गरेका ३३६ जना प्राविधिक मागेको छ ।

तलव सुविधा सरकारको प्रचलित बमोजिम रहने र कार्यसम्पादनका आधारमा ५० प्रतिशत र भौगलिक क्षेत्रका आधारमा २५ प्रतिशतसम्म थप गर्न सकिने प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित भएको १५ दिन भित्र निवेदन पेश गर्न प्राधिकरणले भनेको छ ।

 

Share News