काठमाडौं । अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ८ करोड ९५ लाख ४२ हजार रुपैयाँ कमाएको छ । यो हाइड्रोले अघिल्लो वर्ष पाँच करोड ९३ लाख रुपैयाँ कमाएको थियो ।
यसले अघिल्लो वर्षको तुलनामा ३ करोड १ लाख रुपैयाँ नाफा बढाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५० दशमलव ८७ प्रतिशतले बढी हो ।
यसको सेयर पूँजी ८४ करोड ८१ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड २३ लाख रहेको छ । यसको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५६ पैसा छ । यसको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ८९ पैसा रहेको छ ।