कमिसनको लोभमा प्रतिवन्धित भारुको कारोवार, २ करोड भारुसहित १५ भरिया समातिए

<p>काठमाडौं । कालोधन चोख्याउन प्रतिबन्धित भारु सटही गर्ने एक समूहको प्रयास विफल भएको छ । पक्राउ पर्ने १५ जनामध्ये काठमाडौंमा व्यापार गर्दै आएका ३ जना भारतीय पनि छन् । भारत सरकारले प्रतिबन्त्र लगाएको ५ सय र १ हजार दरका ठूलो परिमाणको भारतीय रुपैयाँसहित १५ जनालाई प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । राजधानीका विभिन्न ठाउँमा [&hellip;]</p>

काठमाडौं । कालोधन चोख्याउन प्रतिबन्धित भारु सटही गर्ने एक समूहको प्रयास विफल भएको छ । पक्राउ पर्ने १५ जनामध्ये काठमाडौंमा व्यापार गर्दै आएका ३ जना भारतीय पनि छन् ।

भारत सरकारले प्रतिबन्त्र लगाएको ५ सय र १ हजार दरका ठूलो परिमाणको भारतीय रुपैयाँसहित १५ जनालाई प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

राजधानीका विभिन्न ठाउँमा प्रतिबन्धित भारु संकलन गरी राखिएको भन्न सूचनाको आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले २ करोड ६० लाख भारुसहित उनीहरुलाई पक्राउ गरेको छ ।

भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिएको उक्त रकम राजधानीमा संकलन गरिएको भन्ने सूचना पाएको ब्युरोले गौरीघाटस्थित कमला भण्डारीको कोठाबाट ९८ लाख भारु बरामद गरेको थियो ।

भारतले प्रतिवन्धित भारु बैधानिक माध्यमबाट कारोबार भएको प्रमाणसहित प्रतिव्यक्ति ४५ सयसम्म सटही दिने प्रस्ताव गरेको छ । त्यही प्रस्ताव अनुसार अर्थ मन्त्रालयले नेपाल राष्ट्र र्बैंकलाई स्वीकृत सहितका जवाफ दिने भनेपछि पाठाइसेको भने छैन् । कारोबार दैनिकबाट ।

Share News