काठमाडौं । सनराइज बैंक लिमिटेडले त्रिभूवन विश्वविद्यालयका स्नाकोत्तर तहका विद्यार्थीहरुको थेसिसका लागि आर्थिक सहयोग गर्ने भएको छ । बैंकले त्रिभूवन विश्वविद्यालय, केन्द्रिय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एमविएस र एमविए बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान बिषय अन्तर्गत प्रस्तुत गनुपर्ने शोधपत्र (थेसिस्) तयार पार्नको लागि आर्थिक सहयोग गर्न लागेको हो ।

सो शोधपत्रको विधि विश्वविद्यालयले तोके बमोजिम हुने गरी बिहीबार बैंक र त्रिभूवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभाग बीच एमओयूमामा हस्ताक्षर सम्पन्न भएको छ । जस अनुसार त्रिविविका एमविएस र एमविएमा अध्ययनरत ५ जना शोधकर्ताहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउने छ
उक्त सम्झौता पत्रमा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र त्रिभूवन विश्व विद्यालय, केन्द«ीय व्यवस्थापन विभागका प्रमुुख, प्रा.डा.भोज राज अर्यालले हस्ताक्षर गरेका छन् ।