३५ लाख उपभोक्ताको घरघरमा बल्ब पुर्याएर २ सय मेगावाट विद्युत खपत कम गर्ने प्राधिकरणको योजना

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका ३५ लाख उपभोक्तालाई एलईडी बल्ब वितरण गर्ने भएको छ । उच्च विद्युत् मागलाई व्यवस्थापन गर्न प्राधिकरणले देशभरका आफ्नै दुई सय काउन्टरबाट एलईडी बल्ब वितरण गर्न लागेको हो । यसका साथै उपभोक्ताको सहजताको लागि अर्थात ग्राहकको घरमै बल्ब पुर्याउने मिटर रिडरबाट पनि वितरण गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका ३५ लाख उपभोक्तालाई एलईडी बल्ब वितरण गर्ने भएको छ । उच्च विद्युत् मागलाई व्यवस्थापन गर्न प्राधिकरणले देशभरका आफ्नै दुई सय काउन्टरबाट एलईडी बल्ब वितरण गर्न लागेको हो । यसका साथै उपभोक्ताको सहजताको लागि अर्थात ग्राहकको घरमै बल्ब पुर्याउने मिटर रिडरबाट पनि वितरण गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका काउन्टर र मिटर रिडरमार्फत वितरण गरिने ९ वाटको बल्ब उपभोक्ताले एक सय ४० रुपैयाँमा प्राप्त गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘उक्त बल्बको ६५ भारतीय रुपैयाँ पर्ने भएपनि भन्सार महसुल र मूल्य अभिवृद्धि कर गरी सो मूल्य पर्न जान्छ ।’

नेपालमा एलईडी बल्ब आयात गर्दा २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिबृद्धि कर तिर्नुपर्ने व्यवस्था छ । भारतले भारु ६५ मा प्राधिकरणको हेटौंडास्थित केन्द्रीय भण्डारण केन्द्रसम्म बल्ब ढुवानी गरिदिने प्राधिकरणसँग समझदारी गरेको छ । २०६३ चैत्र ११ गते प्राधिकरण र भारती कम्पनीसँग ९ वाटको २ करोड बल्ब खरिद बिक्री गर्ने सम्झौता गर्ने सम्झौता भएको थियो ।

प्राधिकरणका सुख्खा मौसमलाई मध्येनजर गर्दै विद्युत् खपत कम गराउन २ करोड बल्ब आयात गर्न लागेको छ । सो बल्ब प्रतिघर १० का दरले वितरण गर्ने प्राधिकरणले योजना बनाएको छ । प्राधिकरणले सो बल्ब उपभोक्ताको घरघरमा तथा कार्यालयमा पु¥याउन सके हिउँदमा करिब २ सय मेगावाट बिजुली बचत हुने अनुमान गरिएको छ ।

Share News