काठमाडौं । निर्वाचन आयोगले बैशाख २८ गतेदेखि मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । आयोगले बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा २८, २९ र ३० गते उक्त परिचय पत्र बाड्न लागेको बताएको छ ।
सम्बन्धित मतदान केन्द्रमा गएर मतदाता नामावलीमा नाम भएका मतदाताले मात्र मतदाता परिचय पत्र प्राप्त गर्न सक्नेछन् । साथै, स्थानीय निर्वाचनमा भोट हाल्न नयाँ मतदाता परिचय पत्र अनिवार्य चाहिने र पुरानो मतदाता परिचय पत्र मान्य नहुने आयोगले बताएको छ ।