विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस मनाइँदै

<p>काठमाडौं । नेरेसोले रेडक्रस अभियानका साझेदारहरूसँगै देशभर “रेडक्रसः सबै ठाउँमा, सबैका लागि” भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू गरी विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस मनाइरहेको छ । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको जन्म दिनको अवसरमा नेरेसोका कार्यवाहक अध्यक्ष अजीतकुमार शर्माले भने- “रेडक्रसका स्वयंसेवकहरू वस्तुतः प्रतिवद्ध भईउर्जा र समय खर्चेर प्रत्येक समुदायमा सेवाका लागि उपस्थित छन् ।” [&hellip;]</p>

काठमाडौं । नेरेसोले रेडक्रस अभियानका साझेदारहरूसँगै देशभर “रेडक्रसः सबै ठाउँमा, सबैका लागि” भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू गरी विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस मनाइरहेको छ ।

रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको जन्म दिनको अवसरमा नेरेसोका कार्यवाहक अध्यक्ष अजीतकुमार शर्माले भने- “रेडक्रसका स्वयंसेवकहरू वस्तुतः प्रतिवद्ध भईउर्जा र समय खर्चेर प्रत्येक समुदायमा सेवाका लागि उपस्थित छन् ।”

“विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस, मे ८, कोही पनि नछुटोस् भन्ने मानवताप्रतिको रेडक्रसको प्रतिवद्धतालाई मूर्तरूप दिन अनवरत प्रयत्नशीलविश्वभर रहेका दशौँ लाख स्वयंसेवकहरू र कर्मचारीहरूको योगदान र उपलव्धीहरूको सम्मान गर्ने अवसर हो ।” नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भने-“बढ्दो जोखिमसहितकोआजको जटिल सन्दर्भमा आवश्यकतामा रहेका मानिसहरूसम्म पुग्ने हाम्रो क्षमतामा निरन्तर परिवर्तन आएको छ ।”

तर स्थानीय रूपमा आउने समस्याको सामना गर्न र स्थानीय आवश्यकतालाई सम्वोधन गर्न हाम्रा स्वयंसेवक र कर्मचारीहरूले रचनात्मक र नवीनतम् बाटाहरू पहिल्याइरहेका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ र एक सय ९० देशमा फैलिएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरू मिलेर बनेको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको कार्य विगत एक सय ५० वर्ष अघिदेखि सञ्चालित छ ।

Share News