ग्लोबल आइएमई बैंकको ४५औ शाखारहित बैंकिङ्ग सेवा डडेलधुरामा

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले गत सोमबार देखि डडेलधुरा जिल्लाको गन्यापधुरामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको हो । गन्यापधुरामा सुरु गरेको सेवाको लागि बैंकले स्थानिय भवाना कुमारी अधिकारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत सोमबार देखि डडेलधुरा जिल्लाको गन्यापधुरामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

गन्यापधुरामा सुरु गरेको सेवाको लागि बैंकले स्थानिय भवाना कुमारी अधिकारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेर ग्लोबल आइएमई बैंकका प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधान तथा बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले संयुक्त रुपमा सेवा सुचारु गरेका छन् ।

हाल बैंकले ९४ वटा शाखा, १०७ वटा एटिएम, ४५ शाखारहित बैंकिङ्ग सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्फत ६ लाख भन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Share News