गैर आवासीय राजदूतहरुको सम्मेलन सम्पन्न, पूर्वाधार क्षेत्रमा लागानी गर्न जोड

<p>काठमाडौं । इन्स्टिटियुट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च(आइएसएसआर)ले नेपाल सरकार, परराष्ट्र मंत्रालय, दिल्ली स्थित गैर आवासीय राजदूतहरुको सम्मेलन सम्पन्न गरेको छ । आइएसएसआरले नेपाली राजदूतावास र प्याविलियन ग्रुपको सहकार्यमा मे ५ र ६ माभारतको नयाँ दिल्लीमा नेपाल हेर्ने गैर आवासीय राजदूतहरुलाई लक्षित गरेर दुईदिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालको समग्र आर्थिक अवस्था, लगानीका [&hellip;]</p>

काठमाडौं । इन्स्टिटियुट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च(आइएसएसआर)ले नेपाल सरकार, परराष्ट्र मंत्रालय, दिल्ली स्थित गैर आवासीय राजदूतहरुको सम्मेलन सम्पन्न गरेको छ । आइएसएसआरले नेपाली राजदूतावास र प्याविलियन ग्रुपको सहकार्यमा मे ५ र ६ माभारतको नयाँ दिल्लीमा नेपाल हेर्ने गैर आवासीय राजदूतहरुलाई लक्षित गरेर दुईदिने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालको समग्र आर्थिक अवस्था, लगानीका अवसरहरु, लगानीका वातावरण, तथा पुनर्निर्माणको अवस्था वारे जानकारी दिई ती मुलुकहरुसंग अर्थिक संभावनाका क्षेत्रहरुका वारेमा अबधारणा प्रस्तुत गरिएको थियो । यस कार्यक्रममा गैर आवासीय राजदूतावासहरुका अतिरिक्त अन्य राजदूतावासहरु, भारतका वैदेशिक लागानीकर्ताहरु, र भारतीय परराष्ट्र मंत्रालयको पनि सहभागिता रहेको थियो । साथै नेपालबाट नेपाल सरकारका सचिवहरुकाअतिरिक्तनीजी क्षेत्रका प्रतिनिधीहरले पनि सम्मेलनमा भाग लिएका थिए ।

यस सम्मेलनको उद्घघाटन नेपालका परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत र भारतीयविदेश मंत्रालयकाविदेश राज्यमन्त्री जेनेरल भीके सिंहले संयुक्त रुपमा गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथीतथा परराष्ट्र मंत्री डा. महतले यो सम्मेलनलाई विशिष्ट र पहिलो भन्दै सहभागीहरुलाई ढुक्क भएर कृषी, जलस्रोत, पर्यटन र शिक्षा, स्वास्थ्यलगायतअन्य क्षेत्रमालगानी गर्न आह्वान गरेका छन् ।

सोहि सम्मेलनमा, विदेश राज्यमन्त्री जेनेरल भीके सिंहले नेपालमा नीजीक्षेत्र बढि मात्रामा व्यापारिक क्षेत्रमा लागेकाले उनीहरुलाई पूर्वाधार र अन्य क्षेत्रमा लागानी गर्न आह्वान गरेका छन् ।

सो कार्यक्रममा, भारतका निम्ति नेपालका राजदूत दीपकुमार उपाध्याय र आइएसएसआरका अध्यक्षप्रा.डा. विश्वम्भर प्याकुप्यालले सम्मेलनको औचित्य र उद्देश्य माथी प्रकास पार्दै नेपालमा लगानी गर्न सहभागीहरुलाई आह्वान गरेका थिए ।

Share News