काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले हेटौंडा उपमहानगरपालिका वडा नं. ४, कान्तीराजपथ, हेटौंडा शाखाको उद्घाटन गरी सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपानेले गरेका छन् ।
उक्त शाखा समुद्घाटन कार्यक्रममा उक्त क्षेत्रका व्यापारी, समाजसेवी, कृषक र स्थानीय नागरिकहरु लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
हाल बैंकले कुल ५७ वटा शाखा कार्यालयहरुबाट कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको छ । बैँकले हालसम्म कुल १५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।