मेयर पदमा महिला उम्मेदवार जम्मा २१ जना मात्र, वडा अध्यक्षमा २८ जना

<p>काठमाडाैं । स्थानीय तहसम्वन्धि निर्वाचन ऐनले उम्मेदवारी दिंदा दलले अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखमा ५० प्रतिशत महिला अनिवार्य गरेपनि ठूला दलले अधिकांशमा महिलालाई दोस्रो दर्जामा सीमित गरेका छन् । महिलाको समान हैसियत निर्माण गर्न यो प्रावधान राखिए पनि दलहरूले ‘करकापले अवसर’ दिएजस्तो देखाएका छन् । चार महानगर, एक उपमहानगर, ९२ नगर र १ सय ८६ गाउँपालिका गरी [&hellip;]</p>

काठमाडाैं । स्थानीय तहसम्वन्धि निर्वाचन ऐनले उम्मेदवारी दिंदा दलले अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखमा ५० प्रतिशत महिला अनिवार्य गरेपनि ठूला दलले अधिकांशमा महिलालाई दोस्रो दर्जामा सीमित गरेका छन् । महिलाको समान हैसियत निर्माण गर्न यो प्रावधान राखिए पनि दलहरूले ‘करकापले अवसर’ दिएजस्तो देखाएका छन् ।

चार महानगर, एक उपमहानगर, ९२ नगर र १ सय ८६ गाउँपालिका गरी २ सय ८३ स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मंगलवार उम्मेदवारी दिंदा सबैजसो दलले प्रमुख पदमा पुरुषलाई नै उभ्याएका हुन् । ऐनको दफा (४) उपदफा (१) मा मनोनयनपत्र पेश गर्दा अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ ।

अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल कांग्रेसले दुई ठाउँमा मात्र महिलालाई मेयरका रूपमा उठाएको छ । उसले कान्तिका सेजुवाललाई जुम्लाको चन्दननाथ र सिन्धुलीको दुधौली नगरको मेयरमा गंगा दाहाललाई उम्मेदवार बनाएको हो । एमालेले चितवनको राप्तीमा प्रभा बराल,  स्याङ्जाको पुतलीबजारमा सीमा क्षेत्री, तनहुँको भानुमा भगवती न्यौपाने र नवलपरासीको कावासोती नगरमा चन्द्रा पुन गरी ४ जनालाई मेयरमा उठाएको हो ।

मेयरमा कसले कति उठाए ?
कांग्रेस-     २
एमाले- ४
माओवादी- ११
राप्रपा- ३
नेमकिपा- १

माओवादी केन्द्रले तुलनात्मक केही बढी ११ जनालाई मेयरमा मौका दिएको हो । उसले चार महानगरमध्ये भरतपुरमा रेणु दाहाललाई मेयरको उम्मेदवार बनाएको छ । रेणु पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी हुन् । त्यस्तै हेटौंडा उपमहानगरमा कुमारी मोक्तान, काठमाडौं टोखा कल्पना शर्मा, पवित्रा महत विष्ट मकवानपुरको थाहा, प्रतिभा श्रेष्ठ भक्तपुरको मध्यपुर ठिमी, सरस्वती लामा धुलिखेल, रीता ढकाल मण्डन काभ्रे देउपुर, सावित्रीदेवी पाण्डे सिन्धुली कमलामाईलगायत छन् ।

राप्रपाले तीन महिलालाई मेयरको उम्मेदवार बनाएको छ । तिनमा रुपा डंगोललाई टोखा, गौमाया श्रेष्ठलाई तनहुँको ब्यास र देबकी बुढाथोकीलाई दोखलाको भीमेश्वर छन् । नेमकिपाले भक्तपुरको सूर्यविनायक नगरमा शोभा त्वातीलाई मेयर उठाएको छ ।

२ सय ८३ स्थानिय निकायमध्ये २३ गाउपालिकामा अध्यक्षका उम्मेदवार महिला छन् । एमाले १२, माओवादीले ९, कांग्रेसले ४, राप्रपाले २ र नयाँ शक्तिले १ जनालाई अध्यक्षको उम्मेदवार बनाएका हुन् । कतिपय स्थानीय तममा दल–दलबीच तालमेल गर्दा एक मात्र पदमा दिइएका उम्मेदवारीमा सबैजसो पुरुष छानिएका छन् । (कान्तिपुर दैनिकबाट)

Share News