काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी ऐनको पहिलो संसोधन बिधेयकमा लालमोहर लगाएकी छिन् । मंगलबार संसोधन बिधेयकमा लालमोहर लागेसँग उद्योगी व्यवसायीहरुले ठुलो राहत पाएका हुन् । ‘नेपालको कम्पनी दर्ता प्रणाली र सहुलियतका सवालमा यो संसोधन कोशे ढुंगा हो’, कम्पनी रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले भने ।
उनका अनुसार दर्ता भएर पनि सञ्चालनमा नआएका कम्पनीहरुले ठुलो राहत पाएका छन् ।
यस्ता छन कम्पनी ऐन पहिलो संसोधनका बिशेषता
१) कम्पनी ऐनमा नै विद्युतिय प्रणालीबाट मात्रै कम्पनी दर्ता हुन पाउने व्यवस्था गरिएको छ । अब कागजी काम पुर्णतः निषेध भएको छ ।
२) अब कम्पनी सञ्चालक समितिहरुको बैठकमा भौतिक रुपमै उपस्थिती हुनुपर्ने छैन्, भिडियो कन्फ्रेन्सबाट सहभागीता जनाउन सक्नेछन् ।
३) अब प्राइभेट कम्पनीमा ११ जना भन्दा बढिको सञ्चालक समिति बनाउन पाइने छैन् । पुराना कम्पनीले पनि ११ जना मात्रै कायम गर्नु पर्नेछ ।
४) कम्पनी खारेजीका ठुलै राहत उपलब्ध भएको छ । चुक्ता पुँजीको शुन्य दशमलब ५ प्रतिशत तिरेपछि कम्पनी खारेजी गर्न सकिनेछ ।
५) कम्पनी कार्यालयको शाखा कार्यालय पनि खोल्न सकिने व्यवस्था आएको छ ।
६) कम्पनी स्थापना गर्दा लगानी कर्ताले सम्पति सुद्धिकरण गर्न लगानी भएको होइन र गैर कानुनी सम्पति पनि होइन भनेर उद्घोष गर्नु पर्छ ।
७) मुनाफा वितरण नगर्ने कम्पनीले २५ प्रतिशत भन्दा बढि सञ्चालन खर्च गर्न पाउने छैनन् ।
८) पाँच करोड भन्दा बढि चुक्ता पुँजी भएका दुर सञ्चार कम्पनीले २ बर्षभित्रै पब्लिकमा सेयर जारी गर्नुपर्नेछ ।
९) प्राइभेट कम्पनीमा १०१ जनासम्म सेयर होल्डर हुन पाउनेछन् । यसअघि ५० जना मात्रै सेयर होल्डर हुन पाउने व्यवस्था थियो ।