मर्चेन्ट बैंकर्सको कार्यक्षेत्र विस्तारसँगै चुक्ता पुँजी २० करोड बनाउने धितोपत्र बोर्डको तयारी

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरूको कार्य क्षेत्र बढाउने गृहकार्य शुरु गरेको छ । मुख्यतः सेयर निष्कासन तथा विक्री प्रबन्धकको काम गर्दै आएको मर्चेन्ट बैंकहरूको कार्य क्षेत्रलाई बढाउन ‘धितोपत्र नियमावली–२०६४’ को संशोधन गर्न लागेको धितोपत्र बोर्डले जानकारी दिएको छ । सेयर रजिष्ट्रार, अडर राइटर तथा पोर्टफोलियो म्यानेजमेन्टको क्षेत्रमा कार्य सम्पादन गर्दै आएका मर्चेन्ट बैंकहरूले [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरूको कार्य क्षेत्र बढाउने गृहकार्य शुरु गरेको छ । मुख्यतः सेयर निष्कासन तथा विक्री प्रबन्धकको काम गर्दै आएको मर्चेन्ट बैंकहरूको कार्य क्षेत्रलाई बढाउन ‘धितोपत्र नियमावली–२०६४’ को संशोधन गर्न लागेको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

सेयर रजिष्ट्रार, अडर राइटर तथा पोर्टफोलियो म्यानेजमेन्टको क्षेत्रमा कार्य सम्पादन गर्दै आएका मर्चेन्ट बैंकहरूले नियमावली संशोधन पश्चात परामर्श दाताको रुपमा पनि काम गर्न पाउने व्यवस्था गर्न लागिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । समय र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय बजारलाई केलाउँदा नियमावली संशोधन गर्नुपर्ने देखिएको र सीमित काम गर्दा मर्चेन्ट बैंकको स्कोप कम भएकाले पनि यसको कार्य क्षेत्र विस्तार गर्न लागेको हो ।

नियमावली संशोधन पश्चात मर्चेन्ट बैंकको चुक्ता पु्ँजी १० या २० करोड कति कायम गर्ने विषयमा भने छलफल भइरहेको छ । मर्चेन्ट बैंकको अहिले भएको सात करोडमा दुई देखि तीन करोडसम्म थप्ने वा २० करोड पु¥याउने विषयमा भने छलफल भइरहेको बोर्डले बताएको छ । नियमावलीले तोके बमोजिम पुँजी बृद्धि गरेपछिमात्र कम्पनी थप सेवा प्रवाह गर्न अधिकारिक हुनेछ ।

बोर्डका अनुसार सीमित क्षेत्रमा कार्य गर्दै आएका मर्चेन्ट बैंकलाई समय अनुसार कार्य क्षेत्र बढाएर प्रतिस्पर्धी बनाउन लागेको हो । नियमावली संशोधन पश्चात अब लगानी परामर्श सेवा अन्तर्गत, भेन्चर क्यापिटल, प्राइभेट इक्यिुटी, मर्जर तथा एक्विजिशनलगायतका परामर्श दिन पाउने व्यवस्था गर्ने लागिएको छ ।

संशोधित नियमावलीको ड्राफ तयार भएपछि बोर्ड समितिको बैठकमा पेश पारित गरिने छ । बोर्ड बैठकबाट पारित भएपछि अर्थ मन्त्रालयमा पेश गरिने छ । यसका साथै चुक्ता पुँजी बढाउनु पर्ने भनिएकोले पनि कार्य  क्षेत्रको दायरा थप्नु पर्ने आवश्यकता छ । बोर्डको निर्देशनअनुसार सञ्चालित मर्चेन्ट बैंकको अध्ययन गरेर कार्य क्षेत्र थप्न मर्चेन्ट बैंकहरू सकारात्मक भएपछि यसको बोर्ड संशोधन प्रक्रिया शुरु गरेको हो ।

डेढ दुई वर्षदेखि मर्चेन्ट बैंकहरूले पनि विजनेश सेवा विस्तार गर्न अनुरोध गरिएको थिए । नयाँ व्यवस्थामा बैंकहरूले भेन्चर क्यापिटलको काम गर्न पाउने संगठित संस्थाको व्यवस्थापन तथा व्यवसायिक योजना तर्जुमा, चुक्ता पुँजी निर्माण, सम्पत्ति मूल्यांकन, लगानी परामर्शलगायतका सेवा समेत दिन सक्ने छन् ।

हाल साँघुरो दायरामा रहेको मर्चेन्ट बैकर्स एसोशिएसनले  फाइनान्सियल, कर्पोरेट परामर्शको सेवाका साथै भेन्चर क्यापिटलदेखि प्राइभेट इक्विटीजस्ता सेवा दिनका लागि समेत पहल गरिएको छ ।  अब बोर्ड गर्ने नयाँ व्यवस्थाले मर्चेन्ट बैकरको क्षेत्र विस्तारका साथै प्रभावकारी समेत बनाउने छ । बोर्डका अनुसार नेपालको पुँजी बजारमा लगानीको वातावरण बढाउन पनि मर्चेन्ट बैंकको कार्य क्षेत्र विस्तार गर्नु जरुरी थियो ।

Share News