काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने आर्थिक कार्यक्रम अर्थको अर्थ २४ औं बर्ष प्रवेश गरेको छ । नेपाल टेलिभिजनबाट आइतबार बेलुकी ९ः३० बजे प्रशारण हुने अर्थको अर्थ नेपालकै पहिलो आर्थिक कार्यक्रम समेत हो ।
कार्यक्रमले २२ औं बर्ष पुरा गरेपछि २ बर्षअघि देखि अर्थकोअर्थन्युजडटकम नामको अनलाईन समेत सञ्चालन गर्दै आएको छ । आइबिएन मिडियो एण्ड रिसर्च प्रालीले सञ्चालन गर्दै आएको कार्यक्रमले अर्थतन्त्रका समसामयिक पक्षहरुको उजागर गर्दै आएको छ ।
२४ औं बर्षसम्मको यात्रामा सहयोग गर्ने अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, उद्योगी तथा व्यवसायीमा आइबिएन मिडियाले आभार समेत व्यक्त गरेको छ । संस्थाले आफ्नो कार्यक्रमलाई अझै शसक्त र प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।