६४.६७ अर्ब आम्दानीमा ६.७६ अर्ब नाफा, ३ कम्पनी घाटामा

काठमाडौं । पुँजी बजारमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय नाफा आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १८ कम्पनीमध्ये १७ वटाले कुल ६ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ७४.१८ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड १३ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा यी १७ कम्पनीले ३ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएका थिए ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा युनिलिभर नेपालले गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सबैभन्दा बढी नाफा वृद्धि भने सोनापुर मिनिरल्स एन्ड आयलको भएको छ । कम्पनीको नाफा ६१३.५३ प्रतिशतले बढेर ३३ करोड ७१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७२ लाख ५० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

null

गत आर्थिक वर्षमा हिमालयन डिस्टिलरीको नाफा २८.१३ प्रतिशतले बढेर १ अर्ब २० करोड ६३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । नेपाल ल्युब आयलको नाफा २३.०२ प्रतिशतले वृद्धि भएर ५ करोड ५० लाख ४७ हजार रुपैयाँ पुगेको छ भने श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको नाफा १२.१९ प्रतिशतले बढेर १ करोड ७८ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, सर्वोत्तम सिमेन्टको नाफा ७.७० प्रतिशतले बढेर १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ पुगेको छ । एभरेस्ट कलरको नाफा ४.३० प्रतिशतले बढेर २२ लाख १३० रुपैयाँ पुगेको छ भने एसवाई प्यानलको नाफा १.०८ प्रतिशतले वृद्धि भएर ६ करोड ७५ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा युनिलिभर नेपालसहित पाँच कम्पनीको नाफा घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको नाफा १६.१३ प्रतिशतले घटेर ३९ करोड ९० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको नाफा ५९ प्रतिशतले घटेर ३ करोड ९९ लाख ९२ हजार रुपैयाँमा झरेको छ । सर्वोत्तम पेन्ट्सको नाफा ११.३१ प्रतिशतले घटेर १ करोड ७१ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने शिवम् सिमेन्टको नाफा १.७१ प्रतिशतले घटेर ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष घाटामा रहेका बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) भने गत वर्ष नाफामा फर्किएका छन् । अघिल्लो वर्ष ६१ करोड ३९ लाख ३८ हजार रुपैयाँ घाटामा रहेको बोटलर्स नेपाल (तराई)ले गत वर्ष ६५ करोड ९२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, अघिल्लो वर्ष ४० करोड १ लाख ७० हजार रुपैयाँ घाटामा रहेको बोटलर्स नेपाल (बालाजु)ले गत वर्ष ८७ करोड ८३ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ ।

यद्यपि, उत्पादन तथा प्रशोधन समूहका तीन कम्पनी भने अझै घाटामा छन् । गत आर्थिक वर्षमा घोराही सिमेन्ट इन्डस्ट्रिजले ३० करोड ८० लाख ७२ हजार रुपैयाँ, सागर डिस्टिलरीले ५ करोड ७२ लाख ६९ हजार रुपैयाँ र ओम मेगाश्री फर्मास्युटिकल्सले ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ घाटा बेहोरेका छन् । 

६४.६७ अर्बको कारोबार

सार्वजनिक वित्तीय विवरणअनुसार उत्पादन तथा प्रशोधन समूहका १७ वटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ६४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२२ प्रतिशत अर्थात् १२ अर्ब ५२ करोड रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीले ७७ अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेका थिए ।

समीक्षा अवधिमा सबैभन्दा बढी सञ्चालन आम्दानी वृद्धि सागर डिस्टिलरीको भएको छ । कम्पनीको आम्दानी १४५.४८ प्रतिशतले बढेर ४७ करोड ६३ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

null

त्यस्तै, सोनापुर मिनिरल्स एन्ड आयलको सञ्चालन आम्दानी ६९.९९ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको आम्दानी ५१ प्रतिशतले बढेर २१ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ भने सर्वोत्तम पेन्ट्सको सञ्चालन आम्दानी ४८.२८ प्रतिशतले वृद्धि भएर २१ करोड ३ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सञ्चालन आम्दानी २८.६४ प्रतिशतले बढेर १ अर्ब ८० करोड ६३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । एभरेस्ट कलरको आम्दानी २१.४९ प्रतिशतले वृद्धि भएर १७ करोड २६ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने नेपाल ल्युब आयलको सञ्चालन आम्दानी १७.१० प्रतिशतले बढेर १ अर्ब ५८ करोड ४४ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सञ्चालन आम्दानी १५.९० प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ५९ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने बोटलर्स नेपाल (तराई)को आम्दानी १५.२८ प्रतिशतले वृद्धि भएर ८ अर्ब ६७ करोड ७८ लाख ७२ हजार रुपैयाँ पुगेको छ । 

हिमालयन डिस्टिलरीको सञ्चालन आम्दानी १२.६७ प्रतिशतले बढेर ८ अर्ब ११ करोड ३७ लाख ९२ हजार रुपैयाँ पुगेको छ । सर्वोत्तम सिमेन्टको आम्दानी १०.३९ प्रतिशतले वृद्धि भएर १० अर्ब ५२ करोड ८५ लाख २७ हजार रुपैयाँ पुगेको छ भने एसवाई प्यानलको सञ्चालन आम्दानी ७.४९ प्रतिशतले बढेर ८१ करोड २७ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा अधिकांश कम्पनीको सञ्चालन आम्दानी बढेको देखिए पनि पाँच कम्पनीको आम्दानी घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको सञ्चालन आम्दानी ८५.७४ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ९६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । बोटलर्स नेपाल (बालाजु)को आम्दानी ८२.६३ प्रतिशतले घटेर १ अर्ब ८७ करोड ३७ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, शिवम् सिमेन्टको सञ्चालन आम्दानी १०.८६ प्रतिशतले घटेर ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ पुगेको छ। घोराही सिमेन्ट इन्डस्ट्रिजको आम्दानी ६.३८ प्रतिशतले घटेर ४ अर्ब ७२ करोड ९९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ भने युनिलिभर नेपालको सञ्चालन आम्दानी ४.०२ प्रतिशतले घटेर ७ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

Share News