काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड लिपमोटरले ३०० भन्दा बढी गाडीको बुकिङ हासिल गरेको छ ।
नेपालमा लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले एक्स्पोमा ३०० भन्दा बढी गाडीको बुकिङ हासिल गरेको दावी गरेको हो ।
भृकुटीमण्डपमा आयोजित ६ दिने एक्स्पोमा हालै सार्वजनिक गरिएको लिपमोटर बी ०३ एक्स विद्युतीय एसयूभीप्रति आकर्षण बढी देखिएको कम्पनीले जनाएको छ ।
बी ०३ एक्समा १४५ किलोवाट क्षमताको मोटर, ५३ किलोवाट–आवरको ब्याट्री र एकपटकको चार्जमा ५०५ किलोमिटर (सीएलटीसी) सम्मको यात्रा क्षमता रहेको छ ।
त्यस्तै, ५१० लिटरको ठूलो सामान राख्ने स्थान र लेभल–२ उन्नत चालक सहायता सुरक्षा प्रविधि (एडीएएस) समेत यसमा उपलब्ध छ । यी विशेषताका कारण बी ०३ एक्स एक्स्पोका प्रमुख आकर्षणमध्ये एक बनेको कम्पनीको भनाइ छ ।
त्यसैगरी, लिपमोटर बी १० ले पनि एक्स्पोमा उल्लेख्य प्रतिक्रिया पाएको सांग्रिला मोटर्सले जनाएको छ ।
हालै गरिएको रणनीतिक मूल्य समायोजन तथा एक्स्पो विशेष अफरका कारण बी १० प्रति ग्राहकको चासो थप बढेको कम्पनीले जनाएको छ ।
संशोधित मूल्यले प्रिमियम विद्युतीय सवारीको क्षेत्रमा बी १० लाई आकर्षक मूल्य–प्रस्तावका रूपमा स्थापित गरेको र कुल बुकिङमा यसको महत्त्वपूर्ण हिस्सा रहेको कम्पनीको दाबी छ ।
बी ०३ एक्स र बी १० दुवै मोडलप्रतिको उच्च आकर्षणका कारण लिपमोटरको स्टल एक्स्पो अवधिभर व्यस्त रहने स्टलमध्ये एक बनेको थियो।
एक्स्पोमा प्राप्त उत्साहपछि सांग्रिला मोटर्सले अब बुकिङ भएका सवारीको छिटो डेलिभरी र नेपालभर बिक्री तथा सेवा सञ्जाल विस्तारमा ध्यान केन्द्रित गर्ने जनाएको छ ।
सांग्रिला मोटर्सले एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकलाई विश्वास र समर्थनका लागि धन्यवाद दिएको छ ।
लिपमोटरलाई विश्वव्यापी रूपमा स्टेलान्टिस समूहको समर्थन रहेको छ । स्टेलान्टिसले मासेराती, अल्फा रोमियो र प्युजोसलगायत १४ प्रमुख अटोमोबाइल ब्रान्ड सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीका अनुसार लिपमोटर चीनको प्रमुख नयाँ ऊर्जा सवारीसाधन स्टार्टअपमध्ये एक हो र यसले विश्वभर १६ लाखभन्दा बढी सवारी बिक्री गरिसकेको छ ।
जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी सवारी बिक्री भएको कम्पनीको दाबी छ ।
लिपमोटरका विश्वभर ४० भन्दा बढी देशमा १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र रहेका छन् ।