तीन वर्षपछि दुई अंकको आर्थिक वृद्धि हासिल गर्छौंः उपाध्यक्ष डा. श्रेष्ठ

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादर श्रेष्ठले अबको तीन वर्षपछि नेपालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने बताएका छन् । उपाध्यक्ष श्रेष्ठले नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्र संघका विभिन्न संस्थाहरुको संयुक्त कार्यकारी समितिको प्रतिनिधिमण्डलसँग राष्ट्रिय योजना आयोगको सचिवालयमा आइतबार आयोजित भेटमा उक्त विचार व्यक्त गरेका हुन् । “विगत एक दशकभन्दा धेरै समय नेपालको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादर श्रेष्ठले अबको तीन वर्षपछि नेपालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने बताएका छन् । उपाध्यक्ष श्रेष्ठले नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्र संघका विभिन्न संस्थाहरुको संयुक्त कार्यकारी समितिको प्रतिनिधिमण्डलसँग राष्ट्रिय योजना आयोगको सचिवालयमा आइतबार आयोजित भेटमा उक्त विचार व्यक्त गरेका हुन् ।

“विगत एक दशकभन्दा धेरै समय नेपालको आर्थिक वृद्धिदर चार प्रतिशत भन्दा कम रहेको थियो । तर यस वर्ष मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । अबको तीन वर्षपछि नेपालको आर्थिक वृद्धिदर दुई अंकको रहने छ,” उनले भने ।

बैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि देश आर्थिक विकासको बाटोमा दू्रतस्तरमा अगाडि बढ्ने बताउँदै उनले स्थानीय तहको निर्वाचनपनि देशमा राजनितिक स्थिरता आउने बताए । “नेपालमा यही बैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन मुलुकलाई विकासको नयाँ चरणमा डो¥याउने हामीले आशा गरेका छौं,” उनले भने ।

उक्त अवसरमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालमा संयुक्त राष्ट्र संघको सहयोगको चर्चा गर्दै बदलिँदो परिस्थितिमा नेपाल सरकारले संयुक्त राष्ट्र संघलगायतका संघसंस्थाहरुबाट थप सहयोगको अपेक्षा गरेको समेत बताए ।

भेटका अवसरमा संयुक्त राष्ट्र संघका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित उक्त प्रतिनिधिमण्डलले सहशा्रब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्यमा नेपाल सरकारले देखाएको प्रतिवद्धताप्रति नेपाल सरकारलाई धन्यवाद दिनुका साथै बदलिँदो परिस्थितिमा नेपाल सरकारको अपेक्षाबारे पनि चासो राखेका थिए ।

साताव्यापी नेपाल भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले प्रधान मन्त्री, परराष्ट्र मन्त्री, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा निर्वाचन आयोगका पदाधिकारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । भेटमा राष्ट्रिय योजना आयोगका सहसचिब लालशंकर घिमिरे तथा संयुक्त राष्ट्र संघका नेपालस्थित कार्यालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Share News