काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल अधिराज्य भरिका वाणिज्य बैंकहरु बीच ‘थर्ड सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’ आयोजना गरेको छ । १७ वटा वाणिज्य बैंकहरुको सहभागिता रहेको यस प्रतियोगिता वैशाख २ देखि ४ गते सम्म काठमाडौंको कमलादी स्थिति यूनिग्लोब कलेजमा सञ्चालन भईरहेको छ ।

उक्त प्रतियोगिताका बिजयताहरुलाई वैशाख ७ गते बैंकको मुख्य कार्यालय नारायणहिटिमा आयोजित हुने दशौं वार्षिकोत्सवमा ट्रोफी वितरण गरिने बैंकले जनाएको छ ।