सर्लाहीमा एक युवकको आत्मदाह प्रयास, काठमाडौं ल्याउने तयारी

सांकेतिक तस्विर

काठमाडौं । सर्लाहीमा एक युवकले आत्मदाह प्रयास गरेका छन् । गोडैता १० का ३५ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्न खोजेको सर्लाही जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेद प्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार ती युवकले आज दिउँसो अढाइ बजेतिर शरीरमा आगो लगाउने प्रयास गरेका थिए । युवकका बुबाका अनुसार मानसिक सन्तुलन अलिक गुमेको जानकारी पाएको उनले बताए ।

मंलगवामा उपचार भइरहेको र उनलाई थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।

बिहीबार मात्र काठमाडौंस्थित त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । शुक्रबार उनको निधन भएको छ ।

Share News