काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । बिहीबार बिहान आत्मदाह प्रयास गरेका उनलाई उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार आईसीयूमा राखेर उपचार भइरहेका उनको अवस्था गम्भीर छ । उनको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भाग जलेको छ ।
शरीरमा आगो लगाउनुअघि पार्किङ गरेर राखेको उनको मोटरसाइकलमा नगर प्रहरीले ह्वीललक गरेको थियो । सोही तनावका कारण उनले आत्मदाह प्रयास गरेका बताइए पनि स्पष्ट कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनसन्धान गरिरहेको छ ।