क्रेडिट स्कोरिङमा आधारित पियर–टु–पियर कारोबारबारे अध्ययन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित पियर–टु–पियर लेनदेन सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था अघि सारेको हो । यसअन्तर्गत व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीका आधारमा पियर–टु–पियर कारोबार सञ्चालनको सम्भावना, आवश्यक कानुनी तथा नीतिगत व्यवस्था, साथै यसको कार्यान्वयनका पक्षबारे अध्ययन गरिने जनाइएको छ ।

Share News