मोटरसाइकलमा चढी पैदलयात्रीको सुन र पैसा लुट्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा राति–राति सडकमा हिँड्ने पैदलयात्रीलाई लुटपाट गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । 

मोटरसाइकलमा आएर लुटपाट गर्ने ३० वर्षीय अंकितराज गिरी र ३५ वर्षीय रोमन तामाङ पक्राउ परेका हुन् ।

जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेका एक पैदल यात्रीलाई उनीहरूले कुटपिट गरेर लुटपाट गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए । 

उनका अनुसार उनीहरूले कुटपिट गरी सुनको मुन्द्रा, नगद र मोबाइलसमेत लुटपाट गरेर फरार भएका थिए । 

घटनाको अनुसन्धान गर्ने क्रममा कार्यालयबाट खटी गएको प्रहरी टोलीले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको खड्काले जानकारी दिए ।

Share News