काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १-० ले पराजित गर्दै कोलम्बियाले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।
कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । उनले खेलको १४औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उक्त गोल नै खेलको निर्णायक बन्यो ।
यससँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रो पटक नकआउट चरणमा जित निकालेको हो । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो ।
कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकसहित समूह ‘के’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।