विश्वकपमा स्पेनको दबदबा, अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा

काठमाडौं । युरोपियन च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रियालाई ३–० ले पराजित गरेको छ । लस एन्जलस स्टेडियममा भएको खेलमा सहज जित निकाल्दै स्पेनले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

स्पेनको जितमा कप्तान मिकेल ओयारजाबाल नायक बने । उनले ३६औं र ८९औं मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । अर्को गोल डिफेन्डर पेड्रो पोरोले ६६औं मिनेटमा हेडमार्फत गरेका थिए ।

पहिलो हाफमा खेलमाथि नियन्त्रण कायम गरेको स्पेनले दोस्रो हाफमा थप आक्रामक प्रदर्शन गर्दै अस्ट्रियालाई कुनै अवसर नै दिन सकेन । गोलरक्षक उनाई सिमोन र स्पेनको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै लगातार अर्को क्लिन सिटसमेत कायम राखे ।

स्पेनका लागि यो जित विशेष रह्यो, किनभने विश्वकप नकआउट चरणमा सन् २०१० मा उपाधि जितेपछि यो पहिलो जित हो । यससँगै उपाधि दाबेदारका रूपमा स्पेनले बलियो सन्देश दिएको छ ।

अब स्पेनले अन्तिम १६ मा पोर्चुगल वा क्रोएसियामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Share News