काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
यस्तै, बिहीबारको बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना लाई नियुक्त गरेको बताइएको छ ।