यी हुन् रास्वपाको पदाधिकारीमा निर्वाचित नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा साेविता गाैतम निर्वाचित भएकी छन् ।

उनले ताेसिमा कार्कीलाई पराजित गरेकी हुन्। गौतमले ७८९ मत प्राप्त गर्दै निर्वाचित भइन । कार्कीले ५७२ मत प्राप्त गरिन् ।

यस्तै, महामन्त्रीमा विपिन आचार्य  निर्वाचित भएका छन् । उनी ६७३ मत प्राप्त गर्दै निर्वाचित भए । उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए ।

यसैगरी, सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।

शुक्रबार (आज) सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।

महिलातर्फ डाँगी, सहमहामन्त्री खुलातर्फ शाह र ढकाल निर्वाचित भएका छन् । 

शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् ।

त्यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छिन् । उनले ७ सय ३७ मत प्राप्त गरिन् ।

Share News