काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरविक्रम विश्वकर्माले दुर्घटना भएको पुष्टि गर्दै घटनाबारे थप विवरण आउन बाँकी रहेको बताएका छन् ।
उनका अनुसार दुर्घटनाको कारण, गाडीमा सवार व्यक्तिहरूको अवस्था तथा क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन ।
प्रहरीले घटनास्थलबाट थप जानकारी संकलन गरिरहेको जनाएको छ। दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त भएपछि सार्वजनिक गरिने डीएसपी विश्वकर्माले बताए ।