३३ एसएसपीको सरुवा, काठमाडौंमा घिमिरे र ललितपुरमा कार्की

काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार नियमित प्रक्रियाअन्तर्गत उनीहरूको सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार उपत्यकाका दुई महत्त्वपूर्ण जिल्लाका प्रहरी परिसरमा नयाँ कमाण्डर पठाइएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा एसएसपी दिलिप घिमिरेको सरुवा भएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत थिए ।

त्यस्तै, जिल्ला प्रहरी परिसर, ललितपुरको कमाण्ड एसएसपी तुलबहादुर कार्कीले पाएका छन् । उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत थिए ।

अन्य सरुवा भएका एसएसपीहरूलाई पनि देशका विभिन्न प्रदेश, ब्यूरो, तालिम केन्द्र र प्रधान कार्यालयका विभिन्न महाशाखाहरूमा जिम्मेवारी तोकिएको मानव स्रोत विकास विभागले जनाएको छ ।

 

Share News