काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली सङ्घ (इयु) अन्तर्गतका विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग मंगलबार सामूहिक भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ः३० बजे हुने उक्त भेटघाट हुने जनाइएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले भेटका क्रममा नेपालको समसामयिक प्राथमिकताबारे जानकारी आदानप्रदान हुने बताइन् । साथै नेपाल र सम्बन्धित मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने तथा आपसी सहकार्यका सम्भावित क्षेत्रबारे पनि छलफल हुने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।
यसअघि पनि प्रधानमन्त्री शाहले गत चैत २५ गते नेपालमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक संवाद गरेका थिए ।