काठमाडौं । बुढानिलकण्ठबाट चोरीको स्कुटरसहित एक जना पक्राउ परेका छन् । बुधबार २७ वर्षीय सुजन राईलाई बुढानिलकण्ठ १० को भङ्गालबाट प्रहरीले पक्राउ गरेको हो ।
बा.प्र ०२ ०४२ प ८८१६ नम्बरको स्कुटर २०८२ पुस ८ गते पञ्चकन्या चोकबाट आफ्नै घरबाट हराएको भनेर बुढानिलकण्ठ प्रहरी प्रभागमा निवेदन परेको थियो ।
खोजतलासको क्रममा बुढानिलकण्ठ ८ को थापागाउँबाट चोरीको स्कुटरसहित राईलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको छ ।