हिट बन्यो फोनपोइन्ट्सको ‘२.२ उत्सव’, जेठ १४ गतेसम्म लिन सकिनेछ लाभ

काठमाडौं । नेपालको नम्बर १ डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गतको मुख्य ‘२.२ एनिभर्सरी डे’ मा प्रयोगकर्ताहरूबाट उत्साहजनक सहभागिता प्राप्त गरेको छ । 

प्रयोगकर्तालाई आफ्नो पोइन्ट्सको अधिकतम मूल्य दिलाउने उद्देश्यले सञ्चालन भइरहेको यस विशेष अफरले देशभर आकर्षण कमाउन सफल भएको छ । 

यो अफर फोनपोइन्ट्सको इतिहासकै सबैभन्दा चर्चित र सफल पहलहरूमध्ये एक बन्न पुगेको कम्पनीले जनाएको छ ।

‘२.२ डिल्स’ नाम दिइएको यो विशेष अफरलाई प्रि २.२ डिल्स, मुख्य २.२ एनिभर्सरी डे, र पोस्ट २.२ डिल्स गरी तीन चरणमा विभाजन गरेर सञ्चालन भइरहेको छ । 

विशेषगरी मुख्य एनिभर्सरी डे का दिन प्रयोगकर्ताहरूको अभूतपूर्व आकर्षण देखिएको थियो, जहाँ हजारौं सेवाग्राहीले केवल २ पोइन्ट्सबाट सुरु हुने आकर्षक डिलहरू रिडिम गरेका थिए । 

प्रयोगकर्ताको अत्यधिक उत्साह र चासोका कारण प्लेटफर्ममा केही समय उच्च ट्राफिक समेत अनुभव गरिएको थियो, जसले यस अफरप्रतिको लोकप्रियता र विश्वासलाई प्रष्ट पारेको छ ।

यस उत्सव अन्तर्गत खाना, लाइफस्टाइल, इलेक्ट्रोनिक्स, ट्राभलदेखि इन्टरटेनमेन्टसम्मका विभिन्न क्षेत्रका आकर्षक डिलहरू समावेश गरिएका छन्, जसले प्रयोगकर्तालाई आफ्नो संचित पोइन्ट्सलाई उपयोगी सेवा र वास्तविक अनुभवमा रूपान्तरण गर्ने अवसर दिएको छ । 

अफरका लागि कम्पनीले केएफसी, कोथेज, आईएनआई सिनेमाज्, श्री एयरलाइन्स, अल्टिमा, फिली क्याफे, इरानी चिया, ज्यामीज् बबल टी, र भ्याली एक्सप्रेस जस्ता लोकप्रिय ब्रान्डहरूसँग सहकार्य गरेको छ ।

यसका साथै हुण्डाई वासिङ मेसिन, टाइटन घडी, अनर स्मार्टफोन र अल्टिमा स्मार्ट डिभाइसेज जस्ता आकर्षक रिवार्डहरूले प्रयोगकर्तामा थप उत्साह जगाएको छ ।

प्रयोगकर्ताको यही उच्च उत्साह र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै फोनपोइन्ट्सले विशेष ‘पोस्ट २.२ डिल्स’ आगामी जेठ १४ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । 

यस अवधिमा पनि ग्राहकहरूले फोनपोइन्ट्स एप, ईसेवा, तथा फोनपे एपमार्फत सहजै अफरहरू हेर्न, आफ्नो मनपर्ने डिल छनोट गर्न र रिडिम गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

फोनपोइन्ट्सका प्रतिनिधिले उपभोक्ताले देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ आकर्षक अफर, थप नयाँ साझेदारी र प्रयोगकर्तालाई अझ बढी लाभ दिने खालका कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएका छन् ।

Share News