राष्ट्रिय बाल अधिकार परिषदबाटै हराए ६०१ बालबालिका

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषदबाटै ६०१ बालबालिका हराएको पाइएको छ । महालेखापरीक्षाकको ६३ औं प्रतिवेदनले  ६०१ बालबालिका राष्ट्रिय बाल अधिकार परिषद् बाटै हराएको जनाएको छ । 

राष्ट्रिय बाल अधिकार परिषद्ले यो वर्ष हराएका वा अपहरणमा परेका ८ हजार १७९, बेवारिसे फेला परेका ४०९ तथा सडक बालबालिका २०४ समेत ८ हजार ७९२ बालबालिकाको उद्दार गरेको छ । 

उद्धार गरिएकामध्ये २ हजार २८५ बालक र ५ हजार ६९० बालिका समेत ७हजार ९७५ जनालाई परिवारसँग पुनर्मिलन गराएको, २१६ जना अस्थायी पुनःस्थापना केन्द्रमा रहेको र ६०१ जना बालबालिकाको स्पष्ट विवरण खुल्ने गरी प्रतिवेदन तयार गरेको छैन। 

हराएका बालबालिकामध्ये ५ सय ७५ जनाको खोजतलास जारी रहेको उल्लेख छ ।

Share News