जेनजी आन्दोलनका कारण साढे एक खर्बको लेखापरीक्षण भएन

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले करिब १ खर्ब ४७ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको लेखापरीक्षण कार्य सम्पन्न गर्न नसकेको जनाएको छ ।

६३औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मुलुकमा २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनका कारण १७९ वटा निकाय तथा कार्यालयबाट स्रेस्ता (अभिलेख) पेस हुन नसक्दा लेखापरीक्षण सम्पन्न हुन नसकेको जनाएको हो ।

प्रतिवेदनमा सम्बन्धित निकायहरूले आवश्यक कागजात तथा विवरण उपलब्ध नगराउँदा उल्लेखित रकमको लेखापरीक्षण प्रक्रिया प्रभावित भएको उल्लेख गरिएको छ ।

Share News