ओरेण्टल सहकारीका २८४ जना ऋणीको तीनपुस्ते सार्वजनिक

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

कार्यालयले ओरेण्टल सहकारीका २८४ जना ऋणीहरूको तीनपुस्तेसहित विवरण सार्वजनिक गर्दै यथाशीघ्र ऋण चुक्ता गर्न आग्रह गरेको हो ।

समितिको कार्यालयले जारी गरेको सूचनामा तोकिएको समयभित्र ऋण भुक्तानी नगरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

बचतकर्ताको रकम फिर्ता प्रक्रिया प्रभावकारी बनाउन तथा लामो समयदेखि बक्यौता रहेका ऋण असुलीलाई तीव्र बनाउन नाम सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।

Share News