लेबर पार्टीका ८० भन्दा बढी सांसदले मागे बेलायती प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । बेलायती स्वास्थ्यमन्त्री वेस स्ट्रीटिङ डाउनिङ स्ट्रिट पुगेको २० मिनेट नबित्दै त्यहाँबाट बाहिरिएका छन् ।

स्ट्रीटिङ प्रधानमन्त्री किएर स्टार्मरसँग महत्त्वपूर्ण बैठकका लागि पुगेका थिए । प्रधानमन्त्री स्टार्मर र स्ट्रीटिङबीच आज बिहान छलफल हुने अपेक्षा गरिएको थियो । स्ट्रीटिङलाई प्रधानमन्त्री पदका सम्भावित दाबेदारका रूपमा हेरिएको छ ।

यसअघि स्टार्मरले लेबर पार्टीभित्र उठिरहेको आफ्नो राजीनामाको मागलाई अस्वीकार गरेका थिए । यो घटनाक्रम ब्रिटेनको ‘किङ्ग स्पीच’ अघि सार्वजनिक भएको हो ।

उक्त सम्बोधनमा राजा चार्ल्सले सरकारका नयाँ प्रस्तावित कानुन र योजनाहरू घोषणा गर्नेछन् ।

भाषणमा धेरै नयाँ विधेयकसम्बन्धी प्रस्तावहरू समावेश हुन सक्ने अनुमान गरिएको छ।

बीबीसीका राजनीतिक संवाददाता आयन वाट्सनले राजा चार्ल्स ले सरकारको नयाँ विधायी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्ने बताएका छन् ।

तर स्टार्मर ती योजनाहरू कार्यान्वयन गर्न सक्ने गरी कति समयसम्म प्रधानमन्त्री पदमा टिकिरहनेछन् भन्ने अझै ठूलो प्रश्न बनेको छ ।

मंगलबार ब्रिटेनका चार मन्त्रीहरूले राजीनामा दिएका थिए ।

अहिलेसम्म लेबर पार्टीका ८० भन्दा बढी सांसदहरूले प्रधानमन्त्री स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिसकेका छन् ।

Share News