काठमाडौं । ग्लोबल आउटसोर्सिङ सूचकांकमा नेपाल शीर्ष २० भित्र परेको छ । ‘ग्लोबल आउटसोर्सिङ टयालेन्ट इन्डेक्स २०२६’ को रिर्पोटअनुसार नेपाल शीर्ष २० भित्र परेको हो ।
रिपोर्टअनुसार १९३ देशमध्ये नेपालले १७४ देशलाई पछि पार्दै विश्वकै उत्कृष्ट २० देशभित्र स्थान बनाएको छ । रिपोर्टमा आउटसोर्सिङ प्रतिस्पर्धात्मकता मापन गर्न पाँच आधार प्रयोग गरिएको छ ।
नेपालले श्रम लागत, अंग्रेजी प्रोफेसेन्सी, ट्यालेन्ट अभाइलेवलिटी, डिजिटल इन्फ्रास्ट्रक्चर र बिजनेस स्टाविलिटी श्रम लागत, अंग्रेजी दक्षता, दक्ष जनशक्ति उपलब्धता, डिजिटल पूर्वाधार र व्यापार तथा राजनीतिक स्थायित्वगरी कुल ७९.६५ प्रतिशत अंक प्राप्त गरेको छ ।
सूचकांकमा फिलिपिन्स पहिलो नम्बरमा रहेको छ । दोस्रोमा मलेसिया र तेस्रो स्थानमा भारत रहेको छ ।
नेपालले श्रम लागतमा ९६, अंग्रेजी दक्षतामा ८०, प्रतिभा उपलब्धतामा ५०, डिजिटल पूर्वाधारमा ४० तथा व्यापार स्थायित्वमा ५०, डिजिटल पूर्वाधारमा ४०, व्यापार तथा राजनीतिक स्थायित्वमा ४० अंक प्राप्त गरेको रिर्पोटमा उल्लेख गरिएको छ ।
उत्कृष्ट २० देशहरुमा फिलिपिन्स, मलेसिया, भारत, चिली, साउथ अफ्रिका, नाइजेरिया, पेरु, इन्डोनिसिया, अर्जेटिना, रोमनिया, केन्या, डोमिनकन रिपब्लिक, ब्राजिल, पोल्याण्ड, इजिप्ट, पाकिस्तान, घना, नेपाल र बंगलादेश रहेका छन् ।