काठमाडौं । सरकारले नेपालको यातायात क्षेत्रलाई थप व्यावसायिक, आधुनिक र वातावरणमैत्री बनाउन ग्रीन हाइड्रोजन उत्पादनको महत्त्वाकांक्षी नीति अघि सारेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा क्षेत्रमा यस्तो क्रान्तिको घोषणा गरेका हुन् ।
परम्परागत इन्धनको निर्भरतालाई घटाउँदै स्वदेशमै उत्पादित नवीकरणीय ऊर्जाको प्रयोग बढाउने लक्ष्यका साथ सरकारले यो नीति ल्याएको हो ।