काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि छुट्टै लेन र सेवा सुविधा उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारी प्रक्रियालाई सहज, व्यवस्थित र श्रमिक मैत्री बनाइने बताएका हुन् ।
त्यसैगरी श्रम कुटनीति मार्फत उच्च पारिश्रमिक दिने गन्तव्य मुलुकतर्फ वैदेशिक रोजगारीको विविधीकरण गरिने नीति लिइएको छ ।
सरकारले विप्रेषण (रेमिट्यान्स)लाई उपभोगमुखी प्रयोगबाट लगानीतर्फ रूपान्तरण गर्न ‘विप्रेषण लगानी मिलन कोष’ सञ्चालन गर्ने समेत जनाएको छ