काठमाडौं । सरकारले विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित नीति लागू गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशी लगानी आकर्षित गर्न लगानी स्वीकृति प्रक्रियालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाइने बताए ।
सरकारले लगानीकर्तालाई सहज वातावरण उपलब्ध गराउन कानुनी तथा नीतिगत सुधार अघि बढाउने जनाएको छ । साथै, विदेशी लगानी भित्र्याएर उत्पादन, रोजगारी र आर्थिक गतिविधि विस्तारमा जोड दिइनेछ ।