सीमारहित अर्थतन्त्रलाई राष्ट्रिय रणनीति बनाउने सरकारको घोषणा

काठमाडौं । सरकारले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिको रूपमा आत्मसात गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन, उच्च मूल्यका कृषि उत्पादन तथा हरित औद्योगिकीकरणलाई अर्थतन्त्रका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने बताएका हुन् ।

Share News