काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सातामा दुई दिन विदा लागू गर्ने भएको छ । सोमबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गरेर शनिबार र आइतबार दिने व्यवस्था लागू गरेको हो ।
प्रतिष्ठानले शुक्रबार भने पूरा दिन बिरामीलाई सेवा दिने जनाइएको छ । यसअघि शुक्रबार आधा दिन मात्र अस्पतालले सेवा सुचारु हुने गरेको थियो ।
नेपाल सरकारले चैत्र २२ गते राजपत्रमा प्रकाशित बमोजिम प्रत्येक साताको शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागु गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी परिपत्रको आधारमा प्रतिष्ठानले जेठ ८ गते देखि लागु हुने गरी हरेक साताको शनिबार र आइतबार (साताको दुई दिन) अस्पताल तर्फको अन्तरङ्ग सेवा र आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरु बन्द रहने वीपी प्रतिष्ठानले देखाएको छ ।