काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ९ महिना (तेस्रो त्रैमास) सम्ममा हिमालयन लाइफले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले अघिल्लो आवको यही अवधिसम्ममा ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ४४.६६ प्रतिशतले घटेको छ ।
चैत्रसम्ममा कम्पनीले १३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ६.१८ प्रतिशतले बढेको छ ।
कम्पनीले चालु वर्षको चैतसम्म १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै चैत्रसम्ममा कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९९ करोड ६३ लाख रुपैयाँ र अन्य इक्विटी १ अर्ब ४२ करोड १८ लाख रूपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७० करोड २९ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटी पनि १४ करोड ४३ लाख रुपैयाँले ऋणात्मक थियो ।
शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.८१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.८९ रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ रहेको छ ।