काठमाडौं । प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन् ।
संवैधानिक नियुक्तिबारे छलफल गर्न बिहीबार बोलाइएको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए ।
कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर शर्मालाई प्रधानन्यायाधीशमा प्रस्ताव गरिएको हो ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा शर्मा ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।