काठमाडौं । मंगलबारको तुलनामा स्थानीय बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा पाँच हजार ८०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ५५ रुपैयाँ कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।