काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको छ ।
रास्वपाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेको छ । सोहीअनुसार स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ बारे बैठकमा छलफल हुने जनाइएको छ ।
रूपरेखा तयार पार्न रास्वपाले पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा महाधिवेशन कार्यविधि २०८३ बारे पनि छलफल हुनेछ भने संसदीय दलको विधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।