१० वर्षदेखि निष्क्रिय खाता बन्द गर्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंकले १० वर्षदेखि शून्य मौज्दात भई चल्ती नभएका खाताहरू बन्द गर्ने भएको छ । साथै बैंकले १० वर्षदेखि चल्ती तथा हकदावी नपरेका निष्क्रिय रहेका खाताका निक्षेपकर्ताहरूलाई रकम दावी गर्न आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार १० वर्षदेखि शून्य मौज्दात रही चल्ती नभएका खाताहरू बन्द गरिनेछ भने सोही अवधिदेखि चल्ती नभएका वा हकदाबी नपरेका खाताका निक्षेपकर्ताहरूलाई आफ्नो रकम लिन बैंकमा सम्पर्क गर्न आग्रह गरिएको हो । 

बैंकले २० वर्षसम्म पनि कसैले दावी नगरेको निक्षेप रकम भने नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिने जनाएको छ ।

Share News