कांग्रेसको प्रमुख सचेतकमा बासना र सचेतकमा निश्कल

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रमुख सचेतक चयनका लागि बासना थापाको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले उक्त प्रस्ताव अघि सारेका हुन् ।

बैठकमा प्रमुख सचेतकमा थापालाई जिम्मेवारी दिने प्रस्तावसँगै सचेतकमा निश्कल राईको नाम पनि प्रस्तुत गरिएको छ । 

पार्टीभित्र संसदीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित यी नामहरू प्रस्ताव गरिएको नेताहरूले बताएका छन् ।

प्रस्तावित नामहरूलाई औपचारिक निर्णयका लागि संसदीय दलको बैठकबाट अनुमोदन गरिने बताइएको छ ।

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे

Share News