स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आइतबार (आज) स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । 

सडक निर्माणका क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको नरहरिनाथ गाउँपालिका–२ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन् ।

सडकका लागि बाटो खन्ने क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए । 

उक्त दुर्घटनामा चालक र सहचालक सकुसल रहेका बताउँदै उहाँले बेपत्ता भएका युवकको जगन्नाथ प्रहरीचौकी जुड्डी, इलाका प्रहरी कार्यालय कोल्टी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित नेपाली सेनाको समन्वयमा खोजी कार्य भइरहेको उल्लेख गरे ।

बाजुरा र कालीकोटको सिमाना रहेको लैफुडाँडामा स्काभेटर (डोजर)ले सडकका लागि बाटो खन्ने क्रममा दुर्घटना भएको हो ।
 

Share News